उदार यूएईः आममाफी पाएर फर्कदै छन् १ सय २० नेपाली

संयुक्त अरब इमिरेट्सबाट आममाफी पाएर १ सय २० नेपाली स्वदेश फर्कने भएका छन् ।

युएई सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ ।

दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको हो ।

Exit mobile version