वालिङ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि लायन्स क्लव पोखरा चौतारीले अभियान चलाएको छ ।
पूर्वीय धर्म,संस्कार र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन लागि गण्डकी प्रदेशका विभिन्न धार्मीक क्षेत्रको अवलोकन तथा भ्रमण गर्दै प्रवद्र्धन गर्दै आएको हो ।
क्लवका सदस्यहरुले हिन्दु धर्म अनुसार पवित्र मानिने साउन महिनाको अवसर पारेर स्याङ्जाको भीरकोटमा रहेको छाँयाक्षेत्र (छाङ्छाङ्दी) मन्दिरमा पूजाआजा तथा विविध धार्मीक गतिविधिमा सहभागी भएका हुन् ।
प्रत्येक बर्ष जस्तै यो बर्ष पनि छाँयाक्षेत्र मन्दिरमा क्लवका सदस्यहरु धार्मीका कार्यमा सहभागी भएको क्लवका अध्यक्ष पर्शुराम पौडेलले जानकारी दिए ।
मन्दिरको लागि आर्थिक सहयोग गर्नुका साथै भावी योजनाका बारेमा छलफल गरिएको उनको भनाई छ ।
छाँयाक्षेत्र मन्दिरमा आयोजना गरिएको पर्यटन प्रवद्र्धन छलफलमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल राजमार्गसँगै भएकोले पनि धार्मीक पर्यटनको राम्रो सम्भावना भएको बताए ।
पोखरा र स्याङ्जाका धार्मीक पर्यटकीय क्षेत्रलाई जोडेर अगाडि लैजानु पर्नेमा उनको जोड छ ।
मन्दिरका अध्यक्ष पितम्वर श्रेष्ठले बृहत गुरुयोजना निर्माण गरी मन्दिरको व्यवस्थापन गर्ने काम गरिरहेको बताए ।
सो अवसरमा लायन्स क्ववका पूर्व अध्यक्ष मोहनबाबु खड्का तथा शरद साप्कोटा,निर्देशकहरु सन्जिव बहादुर कोईराला रामचन्द्र अधिकारी,बिनोद पौडेल,माधव प्रसाद पौडेल लगायतले पर्यटनको सम्भावन बोकेको क्षेत्रलाई कसरी अगाडि बढाउने भन्ने बिषयमा आआफ्नो धारणा राखेका थिए ।
छाँयाक्षेत्र मन्दिरमा महाशिवरात्री, बैशाखे सक्रान्ती, श्रावण सक्रान्ती, हरिसयनी एकादशी, साउनको सोमबार, तिज, श्रीकृष्णाष्टमी, माघेसक्रान्ती, हरिबोधनी एकादशी, बालाचर्तुदशी, माता तीर्थऔँशी, प्रत्येक एकादशी, ग्रहण नुहाउने मेलालगायत विभिन्न पर्वहरुमा विशेष मेला लाग्ने गर्दछ ।
सिद्धार्थ राजमार्गसँगै रहेको धार्मीक पर्यटकीय छाँयाक्षेत्रमा नेपालसँगै भारतका पर्यटनहरु पुग्ने गरेका छन् ।