कास्कीमा रुपाबाहेक ३ पालिकामा ‘ट्होंटे’ बिदा

santan ads

गुरुङ समुदायको मौलिक सांस्कृतिक पर्व ‘ट्होंटे’ को अवसरमा कास्कीका तीन वटा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

जिल्लाका अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाले आगामी साउन २७ गते मंगलबारका दिन स्थानीय बिदा दिने घोषणा गरेका हुन् ।

तीनवटै पालिकाले छुट्टाछुट्टै सार्वजनिक सूचना जारी गर्दै आफ्नो पालिका क्षेत्रभित्रका सरकारी कार्यालय तथा संस्थाहरू बन्द रहने जानकारी दिएका छन् ।

सूचनाअनुसार, साउन २७ गते गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकारबाही बन्द रहनेछन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ र मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेलद्वारा जारी सूचनाहरूमा ‘आदिवासी जनजाति गुरुङ (तमु) समुदायको मौलिक एवं सांस्कृतिक पर्व ट्होंटे’ को अवसरमा बिदा दिइएको उल्लेख छ ।

Scroll to Top