parbatiya daud

पर्वतीय दौडलाई मजेष्टिकको साथ

पोखरा । पोखरा लेकसाइडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्सले असोज ४ गते पोखरामा हुने गइरहेको दोस्रो पुम्दी—भुम्दी पर्वतीय दौड प्रतियोगितालाई साथ दिने भएको छ ।
होटलका सञ्चालक सुनिलबहादुर भट्टराई र दोस्रो पर्वतीय दौड प्रतियोगिताका संयोजक दीननाथ बराल बीच उक्त सहकार्यमा सम्झौता भएको हो । ।
विश्व शान्ति तथा पर्यटन दिवसका सन्दर्भमा आयोजना हुने प्रतियोगितामा नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्य रहेको छ ।

मेडिकल पार्टनर रहेको नेलम्बो नेपालले तेस्रो पुरस्कारसमेत प्रायोजन गरेको प्रतियोगिताको अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन जोडिएको छ । प्रतियोगिताको आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ ।

प्रतियोगितालाई सफल बनाउन विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद् लगायत स्थानीय व्यावसायिक संस्थाहरूको सहयोग रहेको छ ।

Scroll to Top