load seding

लोडसेडिङ चितवनबाट औपचारिकरुपमै सुरु

santan ads

नेपाल विद्युत प्राधिकरणले औपचारिक रुपमै लोडसेडिङ सुरु गरेको छ । प्राधिकरणको चितवन चलौनी वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर औपचारिक लोडसेडिङ सुरु गरेको हो ।

प्राधिकरणको उक्त्त केन्द्रले सार्वजनिक गरेको तालिका अनुसार पश्चिम चितवन र माडी क्षेत्रमा दिनको ६ घण्टा लोडसेडिङ हुनेछ ।

प्राधिकरणले भने लामो समय पानी नपर्दा किसानहरुले सिंचाईको लागि पम्पसेट चलाउँदा लोड परेका कारण देखाउदै लोड व्यवस्थापन गर्नका लागि विधुत कटौती गरेको जनाएको छ ।

प्राधिकरणले सुचना नै जारी गरेर औंपचारि रुपमा लोडसेडिङ सुरु गरेपछि धेरैले कुलमान हटेपछि लोडसेडिङ सुरु भएको भन्दै लोडसेडिङको विरोध गरेका छन । हाल चितवनबाट औपचारिक रुपमै सुरु भएको लोडसेडिङ देशैभर हुने संभावना बढेकोले नागरिकस्तरबाट चिन्ता बढेको देखिन्छ ।

लोडसेडिङ तालिका

Scroll to Top