औषधि व्यवसायी कास्कीद्वारा अनुगमन र सदस्यता विस्तार

santan ads

नेपाल औषधि व्यवसायी संघ कास्कीले शाखाको सदस्यता विस्तार र औषधि पसलको अनुगमन सुरु गरेको छ ।

कास्की अध्यक्ष धिरज गौतमको नेतृत्वमा शुक्रबारदेखि औषधि पसलहरुको अनुगमन थालिएको शाखाले जनाएको छ ।

अनुगमनकाक्रममा व्यवसाय सञ्चालन गर्दा पालना गर्नुपर्ने मापदण्ड र आवश्यक ऐन, कानूनबारे जानकारीसमेत गराएको अध्यक्ष गौतमले जानकारी दिए ।

त्यस्तै, विपद् र महामारीका दौरान व्यवसायीले राज्य संयन्त्रसँग समन्वय गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष गौतमले व्यवसाय सुदृढिकरणमा जोड दिने आग्रह गरे ।

शाखामा हाल ७ सय हाराहारी सदस्य रहेको कास्कीका संस्थापक अध्यक्ष विक्रम पन्तले बताएका छन् ।

कास्की शाखाले विविध अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मानवीय कार्यक्रमकोसमेत आयोजना गर्दै आएको छ ।

Scroll to Top