श्री सत्यसाई भजन समूह रामबजारद्दारा कृष्ण मन्दिरमा कार्यक्रम 

पोखरा । श्री सत्यसाई भजन समूह रामबजारले पोखराको घलेचोकमा रहेको कृष्ण मन्दिरमा कार्यक्रम गरेको छ । 

भगवान शिवजीलाई समर्पित पवित्र श्रावण महिनामा भर अझ विशेष गरि सोमवार हिन्दु धर्मावलम्बिहरूले शिवजीको पूजा,अर्चना, अराधना गर्ने गर्दछन ।

यहि परम्परालाई पछ्याउदै सत्यसाई प्रदेश समिति ४ तथा सत्यसाई भजन समूह रामबजारले सामूदायिक वेद पाठ,भजन तथा आध्यात्मिक प्रवचन कार्यक्रम गर्दै आईरहेको छ ।

पोखराको घलेचोक स्थित श्री कृष्ण मन्दिरमा भएको उक्त कार्यक्रममा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । 

श्री सत्यसाई भजन समुह रामबजारका नियति केसीले संचालन गरेको सो कार्यक्रममा तिन ओमकार सहित ब्रह्म गायत्रीको सामुहिक सस्वर उच्चारणबाट गरिएको थियो ।
पुष्पार्पणम् र दिप प्रज्वलन गरि शुभारम्भ भएको कार्यक्रममा अध्यक्ष विश्व तण्डुकारले श्री कृष्ण मन्दिर र साई संगठनको सम्बन्ध बारे प्रकाश पारेका थिए ।

केही समय वेदपाठ र भजन संकिर्तन भएको उक्त कार्यक्रममा सत्यसाई प्रदेश समिति ४ का वेद संयोजक युवा विवेक लामाले वेद पाठ तथा वेदको शिक्षा बारे, पुराण प्राज्ञ श्रद्धेय मोहन केसीले श्रावण महिनाको महिमा बारे बोलेका थिए ।

सो कार्यक्रममा स्थानिय आमा समूहका अध्यक्ष कमला गुरूङ, श्री कृष्ण मन्दिरका संरक्षक गणेश प्रधान, सत्यसाई प्रदेश समिति ४ का उपाध्यक्ष शम्भु कार्की तथा सत्यसाई विद्याश्रम पोखराकी छात्रा तेजस्वी थापाबाट आरती अर्पण गरिएको कार्यक्रममा सत्यसाई प्रदेश समिति ४ का भजन संयोजक पदम बहादुर गुरुङले आगामि कार्यक्रमहरू बारे जानकारी तथा धन्यवाद ज्ञापन गरेका थिए । सो कार्यक्रममा समितिको तर्फबाट प्रसाद वितरण गरिएको अध्यक्ष ताण्डुकारले जनाए ।

Exit mobile version