सहारा क्लब पोखरा र काठमाडौंस्थित एजी एक्सप्रेस कार्गो एण्ड कुरियरबीच सामाजिक उत्तरदायित्व सहकार्य सम्बन्धी सम्झौता भएको छ ।
मंगलबार क्लबको पोखरास्थित कार्यालयमा क्लबका अध्यक्ष केशवराज बराल र एजी एक्सप्रेस कार्गो एण्ड कुरियरका प्रमुख तुलसी उप्रेतीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार एजी एक्सप्रेसले वार्षिक रूपमा कुरियर सेवा प्रदान गरे बापत ग्लोबल सेलको रकममध्ये प्रति केजि रु. ५ का दरले सहारा क्लवबलाई उपलब्ध गराउनुपर्ने छ । एजी एक्सप्रेसको कुरियर सेवा प्रयोग गर्दा सहारा क्लब र यसका अन्तर्राष्ट्रिय शाखाका सदस्यहरुले १० प्रतिशत छुट पाउनेछन् ।
सहारा क्लबले सञ्चालन गरेको ’सूर्य बहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’मा रहेका बालबालिकाको शैक्षिक र खेलकुद विकासमा सहयोग पुर्याउने उद्देश्यले सम्झौता गरिएको एजी एक्सप्रेसका प्रमुख तुलसी उप्रतीले बताए । उनले आफ्नो जिम्मेवारीमा रहेको सम्झौताको अक्षरंश पालना गर्ने बताउँदै सहारा क्लबले एजी एक्सप्रेसको व्यवसाय अभिवृद्धि गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
सम्झौताको म्याद १ वर्षसम्म रहनेछ भने आवश्यकता अनुसार आपसी सहमतिमा अवधि थप गर्न सकिने सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताए । अध्यक्ष बरालले एकेडेमीमा रहेका बालबालिकाको भविष्य निर्माणका लागि निजी क्षेत्रसँग सहकार्यले थप प्रेरणा र हौसला मिलेको बताए ।
सम्झौताले बालबालिकाको शिक्षा र खेदकुद दुबै क्षेत्रमा टेवा पुग्ने उनको भनाइ छ । उनले एकेडेमी सञ्चालनका लागि सरकारबाट जुनरुपमा सहयोग र साथ प्राप्त हुनुपथ्र्यो त्यो नगन्य मात्रामा रहेको उल्लेख गरे ।