स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको केही दिनभित्रै क्यान्सरका बिरामीलाई आवश्यक पर्ने महंगो औषधि निशूल्क प्रदान गर्ने भएको छ ।
मन्त्रालयले उक्त औषधि स्वास्थ्यमन्त्री प्रदिप पौडेलको अगुवाइमा न्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफमार्फत प्राप्त गरेको हो । रिलिफले वन हर्ट वर्ल्डवाइड नामक संस्थामार्फत सरकारलाई उपलब्ध गराएको जनाइएको छ ।
रिलिफले क्यान्सरमा उपलब्ध हुनेसहित अन्य ३७ प्रकारका औषधि निशूल्क उपलब्ध गराएको र ५ वर्षसम्म सहयोग निरन्तर रहने मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. भक्तबहादुर केसीलाई जानकारी दिए ।
उपलब्ध औषधिमा ब्रेष्ट क्यान्सरको उपचारमा अतिआवश्यक टेमोक्सिफेनलगायत रहेको डा. केसीले नयाँलिपिलाई बताएका छन् ।
‘नेपालमा सहजै उपलब्ध छैन र महंगो पनि छ’ डा. केसी भन्छन् ‘पहिलो चरणको औषधि आइसक्यो, अब सम्बन्धित अस्पतालमा पठाइँदैछ ।’
केसीका अनुसार मन्त्रालयअन्तरगतको व्यवस्थापन महाशाखामा औषधि पठाइसकिएको र बुधबारसम्म क्यान्सरका अस्पतालमा पुगिसक्ने छ ।
रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने महङ्गा औषधि आवश्यकताअनुसार पाँच वर्षसम्म सहयोगस्वरुप उपलब्ध गर।उने बताएको उनको भनाई छ ।
प्राप्त औषधिहरु भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र काठमाडौंस्थित वीर अस्पताललाई तुरुन्तै उपलब्ध गराइने डा. केसीले जनाएका छन् ।