त्रिविको उपकूलपतिमा दीपक नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा सिफारिस भएकामध्येबाट प्राडा दीपक अर्याल नियुक्त गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वको गठित सिफारिस समितिले यही असार २३ गते प्रधानमन्त्री एवं कुलपति ओलीसमक्ष उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।

समितिले वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्राडा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुख प्राडा अर्याललाई सिफारिस गरेको थियो ।

Exit mobile version