आज देशभर धर्ना बसे डाक्टर, भोली आकस्मिक बाहेकका सेवा बन्द

santan ads

उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको आन्दोलनको तालिका अनुरुप आज देशभर १ घण्टा धर्ना सम्पन्न भएको छ ।

संघको आव्हानप्रति ऐक्यबद्धता जनाउँदै निजी स्वास्थ्य संस्थाको छाता संगठन (अफिन) गण्डकी प्रदेशले पनि बिहान ९ देखि १० बजेसम्म अस्पताल परिसरमै चिकित्सकहरुले धर्ना बसे ।

संघले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा सोमबार आकस्मिक बाहेकका सेवा बन्द गर्ने जनाएको छ ।

संघको कार्यकारिणी समितिको आकस्मिक बैठकले अहिलेको विषम परिस्थितिमा चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षित वातावरण सिर्जना गरिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

संघले शुक्रबार शाखा कार्यालयहरुद्वारा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्रसमेत बुझाएको छ ।

यस्तै संघका सम्पूर्ण शाखा कार्यालयहरूद्वारा चिकित्सकहरूको हस्ताक्षर र नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी सोमबारभित्र संघको केन्द्रीय कार्यालय, काठमाडौँमा पठाउने, मंगलबार सम्पूर्ण चिकित्सकहरूको नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउनेसमेत संघले जनाएको छ ।

अफिन गण्डकीका अध्यक्ष कपिलमणि पोखरेलले सरकारसँग वार्ता गर्न चिकित्सक संघले समिति गठन गरेको जनाउँदै आज साँझसम्म ठोस निर्ण नभए सोमबार प्रदेशका सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द रहने बताएका छन् ।

Scroll to Top