एफसी महिला एसियन कप: आज राति ९ः१५ उज्बेकिस्तान र नेपाल भिड्ने


एफसी महिला एसियन कप २०२६ को दोस्रो चरणअन्तर्गत समूह ‘एफ’ अन्तरगतको अन्तिम खेल आज राति नेपाल र उज्बेकिस्तान भिड्ने छन

तासकन्दमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ देखि सुरु हुनेछ । विजेता टोलीले आउँदो वर्ष अस्ट्रेलियामा हुने एसियन कपको टिकट पक्का गर्नेछ ।

हालसम्म दुवै टोलीले समान ६ अंक र समान १७ गोलसहित उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । प्रतियोगितामा कुनै गोल नखाएको कारण पनि यो खेल ‘फाइनल सहर’ बनेको छ ।

फिफा वरियतामा उज्बेकिस्तान​ ५१औँ र नेपाल १००औँ स्थानमा छ ।

यी दुई टोलीबीच भएका तीन अघिल्ला खेलमा नेपाल पराजित भएको छ । सन् २०१९ को नादेज्दा कपमा दुईपटकको हारमा उज्वेकिस्तानले कुल ५ गोल गरेको थियो भने नेपालले २ गोल मात्र फर्कायो ।

फाइनलमा ३–० ले पछि परेको नेपाललाई सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोलले आशा दिलाए पनि बराबरी सम्भव भएन । शनिबारको खेल केवल प्रतिस्पर्धा होइन, नेपाली महिला फुटबलको भविष्य र सम्भावनाको निर्णायक मोड हुनेछ ।

आजको खेल जितेमा नेपाल २६ वर्षपछि एसियन कपमा छनोट हुनेछ । नेपालले पछिल्लोपटक सन् १९९९ मा महिला एसियन कप खेलेको थियो ।

Exit mobile version