आफ्नै भवनमा वडा नम्बर ५

santan ads

पोखरा महानगरपालिका वडा नं. ५ कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ ।

वडा भवनको नगरप्रमुख धनराज आचार्यले उद्घाटन गर्दै सुविधा सम्पन्न प्रशासनिक नयाँ भवनबाट सेवा प्रवाहमा सहजता मिल्ने बताए ।

वडाध्यक्ष बिष्णु बरालले नयाँ भवनबाट सेवा प्रवाह भएसँगै स्थानीय जनताको काममा सहजता आउनुका साथै छिटोछरितो गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।

हालसम्म पोखरा महानगरपालिकाका ३१ वटा वडा कार्यालयहरू आफ्नै भवनबाट सञ्चालित छन् भने दुई वटा जग्गाप्राप्तीको प्रक्रियामा रहेका छन् ।

Scroll to Top