एलिनालाई सञ्जालमा अभद्र टिप्पणी गरेको आरोपमा गुञ्जन पक्राउ

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले चितवनका गुञ्जन राईलाई पक्राउ गरेको हो ।

गायिका एलिना चौहानको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । गुञ्जन केही साताअघि नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा शीर्ष २५ को सूचीमा परेका थिए ।

एलिनाले आफूमाथि गालीगलौज गर्नेको ‘भण्डाफोर’ अभियानअन्तर्गत गुञ्जनको पनि प्रोफाइल सार्वजनिक गरेकी थिइन् ।

Exit mobile version