पोखरा खबरः लेकसाइडको स्पामा बालिकाको प्रयोग, ८ उद्धार

santan ads

पोखराको लेकसाइडमा रहेका स्पामा बालिका एवं किशोरीको प्रयोग अझै रोकिन सकेको छैन ।

यही क्रममा पछिल्लो समय कास्की प्रहरीले लेकसाइडका ३ स्पाबाट आठ बालिकाको उद्धार गरेको छ । जिप्रका कास्कीका सुचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतका अनुसार उद्धार गरिएको बालिकाहरु सबै १८ वर्षमुनिका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको संयुक्त टोलीले असार १६ गते लेकसाइड क्षेत्रका स्पा सेन्टरहरूमा अनुगमन गरेको थियो ।

सोही क्रममा प्रहरीले पर्सल्यान स्पाबाट २ जना, ताराहिल लज स्पा एण्ड ब्यूटी केयरबाट २ जना तथा ईभेन्डर ब्यूटी एण्ड स्पाबाट ४ जना गरी ८ जना बालिकाहरूको उद्धार गरेको हो।

प्रहरीका अनुसार, स्पा सेन्टरहरूले ‘बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६’ विपरित १८ वर्षमुनिका बालिकाहरूलाई जोखिमपूर्ण काममा लगाएको पाइएको थियो ।

उद्धार गरिएका बालिका र आवश्यक कारबाहीका लागि संलग्न स्पा सञ्चालकहरूलाई श्रम तथा रोजगार कार्यालय, पोखरामा पठाइएकोसूचना अधिकारी, वस्नेतले जानकारी दिए ।

एआई सिर्जित तस्बिर

Scroll to Top