चिनीरोग भनिने ‘मधुमेह’ के हो ? कस्ता व्यक्ति जोखिममा ?

santan ads

आम नेपालीले चिनीरोग भन्ने मधुमेह रगतमा चिनीको मात्रा बढी भएपछि लाग्ने दीर्घकालिन रोग हो । त्यसैले यसलाई बोलीचालीको भाषामा चिनी रोग पनि भनिन्छ ।
मधुमेहको समस्या अहिले संसारभर बढिरहेको छ । अस्वस्थकर खानपान र खराब जीवनशैलीका कारण मधुमेह सबैतिर बढिरहेको छ ।

जटिल मानिने यो रोगमा ५० प्रतिशतलाई कुनै लक्षण बिना नै धेरै हानी गरिसकेको हुन्छ ।

कस्ता व्यक्ति मधुमेहको जोखिममा हुन्छन् त ?

– जो व्यक्ति बढी मोटा छन् ।
– जसको परिवारमा कसैलाई मधुमेह छ ।
– जसलाई मटु, मिर्गौलाको रोग छ ।
– जो सानोमा कुपोषणको शिकार भएको थियो ।
– जसको आमालाई कुपोषण थियो ।
– जो व्यक्ति व्यायाम गर्दैन ।
– जसले बाहिरको जंकफुड खान्छ ।

मधुमेहलाई नियन्त्रण गर्न के गर्ने ?

मधुमेहलाई नियन्त्रण गर्नका लागि डाक्टरको सल्लाह बमोजिम औषधीको सेवन गर्ने त छँदैछ । त्यसबाहेक आफनो खाने बानी तथा जीवनशैलीमी परिवर्तन ल्याउन जरुरी हुन्छ ।

पहिलो कुरा त आफनो खानामा सिधै चिनीमा परिणत हुने खानाहरु कम समावेश गर्नुपर्छ । जस्तै भात, आलु, मैदाबाट बनेको खानेकुरा, पाउरोटी, बिस्कुट, मिठाइ जस्ता खाना सकेसम्म कम खाने गर्नुपर्छ ।

आफनो खानामा सागसब्जी, गेडागुडी, प्राकृतिक खाना समावेश गर्दा सुगर लेबल बढ्न दिंदैन । खाना खाँदा एकैपटक धेरै खाने भन्दा पनि थोरै थोरै खाएको राम्रो हुन्छ ।
यसका साथै नियमित व्यायाय गर्न जरुरी हुन्छ ।

(चिकित्सकको कुराकानीमा आधारित)

Scroll to Top