नयाँलिपि । सिरियाको राजधानी दमास्कसमा आइतबार एक आत्मघाती बम विस्फोट हुँदा २२ जनाको मृत्यु भएको छ।
प्रार्थनाको समयमा भएको उक्त बिस्फोटमा दर्जनौं घाइते भएको सुरक्षा स्रोत र अनुगमन समूहले जनाएको छ। सिरियाली स्वास्थ्य अधिकारीहरूले ५३ जना घाइते भएको बताएका छन्।
प्रत्यक्षदर्शी र स्थानीय मिडियाकाअनुसार दमास्कसको पूर्वी बाहिरी इलाकामा रहेको क्रिश्चियन छिमेक ड्वेइला जिल्लामा रहेको मार एलियास चर्चमा विष्फोट भएको हो। धेरै वर्षहरूमा दमास्कसको चर्चलाई लक्षित गरी गरिएको यो विस्फोट पहिलो पटक हो।