पोखरा महानगरको बजेट ८ अर्ब सवा ३५ करोड

पोखरा महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ लाई ८ अर्व ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

महानगरद्वारा आज आयोजित १७ औं नगरसभामार्फत उपमेयर मञ्जुदेवि गुरुङले उक्त बजेट सार्वजनिक गरेकी हन् ।

हाल सार्वजनिक बजेट अघिल्लो वर्षको तुलनामा बढी हो । अघिल्लो वर्ष महानगरले ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

उक्त बजेटको ५५.४३ प्रतिशतमात्र खर्च भएको उपमेयर गुरुङले बताएकी छिन् ।

यसअर्थमा महानगरले जेठ मसान्तसम्म ४ अर्ब १६ करोड ५२ लाख ६४ हजार रुपैयाँमात्र खर्च गर्न सकेको छ ।

खर्च व्यहोर्ने स्रोतहरुमा संघीय सरकारको अनुदानबाट ३ अर्व १ करोड ८१ लाख र आन्तरिक आयबाट ५ अर्व २३ करोड ३१ लाख रुपैयाँ उल्लेख गरिएको छ ।

Exit mobile version