भारतबाट पोखरा सुन बेच्न आएका कुलदिप फन्दामा, सवा करोड मूल्यको गहना बरामद

santan ads

जिल्ला प्रहरी कार्यालय कास्कीले करिब १ किलो बराबरको गहना बिक्री गर्ने उद्देश्यले पोखरा आएको एक समूहलाई पक्राउ गर्न सफल भएको छ ।

भारतको अमृतसर निवासी ४९ वर्षीय कुलदिप सिंह मूख्य योजनाकार रहेको यस प्रकरणमा उनलाई साथ दिने रामबहादुर बिकसमेत पक्राउ परेका छन् ।

सिंहले फेसबुकमार्फत बिकसँग सम्बन्ध बढाएको र उनैको सहयोगमा सुन र हिराका गहना पोखरामा बेच्ने योजनाकासाथ यहाँ आएको प्रहरीको प्रारम्भिक अनुमान रहेको प्रहरी प्रमुख श्याम ओलियाले जानकारी दिए ।

पोखरामा गरगहना बिक्रीपछि केही रकम पाउने शर्तमा बिकले सिंहले सहयोग गर्न राजी भएको पाइएको छ ।

जिप्रका कास्कीले बरामद गहना सार्वजनिक गर्दै पत्रकारसमक्ष यस विषयमा जानकारी दिएका हुन् ।

बरामद गहनामा सुनको ढिक्का, हिराजडित औंठी, मंगलसुत्र, सिक्रीलगायत ८२ तोला १६ लाल रहेको प्रमुख ओलियाले बताए । सुन चाँदी व्यवसायीले बिलबिनाको सामग्री खरिद नगरेपछि प्रहरीसमक्ष उक्त जानकारी पुगेको थियो ।

पक्राउ परेको दुबैलाई थप अनुसन्धानार्थ गरगहनासहित राजश्व अनुसन्धान कार्यालय, काठमाण्डौं पठाइने ओलियाले जनाएका छन् ।

Scroll to Top