धरानका मेयर र उपमेयरबिच हात हालाहालको स्थिति

santan ads

धरान । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघा बिच हात हालाहालको स्थिति सृजना भएको छ ।

बाहिरिएको खबर अनुसार उनीहरु पालिकाको स्रोतसाधान प्रयोगलाई लिएर विवाद गरेको बुझिएको छ ।

दुई जनाप्रतिनिधिको विवादले मंगलबार दिनभर नगरपालिका कार्यालय परिसर तनावग्रस्त बनेको थियो ।

श्रमदान कार्यक्रमका नाममा नगरपालिकाका साधनस्रोतको प्रयोग र त्यससँग जोडिएको भुक्तानी प्रकरणलाई लिएर केही दिनदेखि प्रमुख र उपप्रमुखबीच विवाद हुँदै आएको छ । 

सोमबार उपप्रमुखले श्रमदानको भुक्तानी रोकेपछि प्रमुख साम्पाङ्गले त्यसको प्रतिवाद गरेका थिए ।
सो क्रममा उनका समर्थकहरूले उपमेयर बेघालाई हातपात गर्ने प्रयास गरेका थिए ।

मंगलबार नै नगर प्रमुख पक्षकै अर्को समूहले उपप्रमुखको कार्यकक्ष घेराउ गरेको थियो । सो क्रममा एक अर्काविरुद्ध नारावाजी समेत भएको थियो । उनीहरुक विवादले उग्र रुप लिने आशका गरेर त्यहाँ सुरक्षाकर्मी तैनाथी बढाइएको छ ।

Scroll to Top