पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो ।
विद्युतीय कारोबार साइबर अपराध मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो ।
आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए ।
प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।