बोलेरोमा ढुंगा खस्दा चालक गुरुङ घाइते

नयाँलिपिः मनाङबाट बेसिशहर जाँदै गरेको बोलेरो जिपमा माथिबाट ढुङ्गा खस्दा चालक घाइते भएका छन्।

लमजुङको मर्स्याङदी-३ खहरे खोला नजिक सडकमाथिबाट ढुंगा खस्दा चालक सिंहराज गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए ।

मर्स्यांङदी-४ स्याङ्गेका गुरुङलाई उपचारका लागि प्रदेश अस्पताल पठाइएको छ।

जिपमा सवार अन्य तीनजना भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।

Exit mobile version