युईएफए नेशन्स लिगको उपाधि पोर्चुगललाई

santan ads

आइतबार राति जर्मनीको म्युनिखमा सम्पन्न फाइनल खेलमा स्पेनलाई पराजित गर्दे पोर्चुगलले उपाधि हात पारेको छ ।
पोर्चुगलले पेनाल्टी सुटआउटमा स्पेनलाई ५–३ ले हराउँदै युईएफए नेशन्स लिगको उपाधि जितेको हो ।

निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट धकेलिएको हो ।

पोर्चुगलका गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज, नुनो मेंडेस र अन्ततः रुबेन नेभेसले गोल गरे ।

खेलको सुरुवातमै स्पेनले अग्रता लिएको थियो । २१औं मिनेटमा मार्टिन जुबिमेन्दीले गोल गरेपछि पाँच मिनेटमै नुनो मेंडेसले तीव्र प्रहारमार्फत बराबरी गरे । तर, ४५औं मिनेटमा मिकेल ओयार्जाबालले गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए ।

६१औं मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले नुनो मेन्डेसको डिफ्लेक्टेड क्रसमा भली प्रहार गर्दै खेल २–२ को बराबरीमा ल्याए ।

यो उपाधिसँगै पोर्चुगल युईएफए नेशन्स लिग दुईपटक जित्ने पहिलो राष्ट्र बनेको छ ।

Scroll to Top