दिपक के श्रेष्ठः राष्ट्रिय प्रजातन्त्र पार्र्टीका गण्डकी प्रदेश सांसदले पोखरालाई पर्यटकीय राजधानी भनिएपनि उक्त उपमा हटाउन बाध्य हुने सम्भावना रहेको बताएका छन् ।
पर्यटकीय आकर्षणकारुपमा रहेका फेवालगायतका ताल र हिमाल संरक्षण गर्न नसके पोखरालाई पर्यटनको राजधानी भन्न नमिल्ने उल्लेख गरेका छन् ।
गण्डकी प्रदेशसभाको आठौं अधिवेशनमा नीति तथा कार्यक्रमबारे बोल्दै सांसद गुरुङले फेवातालको मापदण्ड र संरक्षणको विषयमा सरकारले कुनैपनि चासो नदिएको र देखाउनकालागि काम गरेजस्तो मात्र गरेको आरोप लगाए ।
‘पोखरालाई चिनाउने भनेको ताल र हिमश्र्रंखला हुन् तर योजनाबद्ध भएर काम नगरे पोखरालाई पर्यटनको राजधानीबाट हटाउनुपर्ने हुन्छ’ गुरुङले भने ।
पर्यटनको लाभ सिमित क्षेत्रले मात्र लिने हो भने यसले समग्र प्रदेशलाई आर्थिक विकासमा अघि बढाउन नसक्ने उनले धारणा राखे ।
‘सरकारले ताल तलैया र हिमालबारे गम्भीर भएर सोच्न आग्रह गर्छु’ उनले भने ।
अघिल्लो कार्यक्रममा सरकारले २ वर्षभित्र ५ सय १५ किलोमिटर सडक कालोपत्रे बनाउने उल्लेख गरेपनि जम्मा १ सय ४२ किलोमिटर मात्र कालोपत्रे गरेको औंल्याउँदै उनले प्रतिबद्धतालेमात्र योजना पुरा नहुने भन्दै आलोचना गरे ।
त्यस्तै, राइड सेयरिङका विषयमा वादविवाद भन्दा सहमतिमा अघि बढ्नुपर्ने उनले उल्लेख गरे ।
साथै, पोखरा विमानस्थलका सन्दर्भमा उनले लुटेरमात्र नगएको, सिँगै देशलाई रिनमा डुबाएको प्रतिक्रिया दिएका छन् ।