राष्ट्रिय आर्चरीमा गण्डकीको बर्चस्व

santan ads

पोखरा । ‘सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२’ मा गण्डकी प्रदेशको बर्चश्व कायम छ । 

शुक्रबार र शनिवार पोखरा रंगशालाको कभर्ड हलमा सम्पन्न सातौं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ मा गण्डकीले बर्चश्व कायम राखेको  हो ।

कम्पाउण्ड मेन पुरुष तर्फ स्वर्ण, कम्पाउण्ड महिला तर्फ गण्डकी स्वर्ण, स्ट्याण्डर्ड महिला सिंगलमा गोल्ड, स्ट्याण्डर्ड पुरुष सिंगल तर्फ  सिल्भर, स्ट्याण्डर्ड मिक्स तर्फ गोल्ड, स्ट्याण्डर्ड पुरुषतर्फ गोल्ड, रिकर्भ मिक्स टिममा ब्रन्च र रिकर्भ पुरुषतर्फ गण्डकीले ब्रन्च मेडल प्राप्त गर्न सफल भयो ।

कम्पाउण्ड मेन एकलतर्फ एपिएफका मीन गौचनले कुल १४० स्कोर ल्याउँदै स्वर्ण जिते । १२९ स्कोरका साथ गण्डकीका सुमन गुरुङले रजत जिते । आर्मीका पवन राईले कास्य पदक हासिल गरे । 

महिला एकल तर्फ गण्डकीकी मोनिका राना मगरले १३७ स्कोरका साथ स्वर्ण जित्दा उनकी प्रतिस्पर्धी एपिएफकी पार्षदा आचार्यलाई १३६ स्कोरका साथ रजत जितिन् । एपिएफकै निर्मला काङबाङले कास्य हासिल गरिन् ।

स्ट्याण्डर्ड महिला एकल तर्फ गण्डकी प्रदेश टीम ‘ए’ की रिना गुरुङले गण्डकी ‘ए’ कै स्नेहा केसीलाई ६–० को सेटमा हराउँदै स्वर्ण जितिन् । यस्तै निता केसीले कास्य हासिल गरिन् । पुरुष तर्फ नेपाल पुलिसका निकेश देशारले गण्डकीका मोहन घर्तीलाई ६–२ को सेटमा हराउँदै स्वर्ण जिते । आर्मीका बसन्तराज काफ्लेले कास्य पदक हासिल गरे ।

स्ट्याण्डर्ड मिक्सतर्फ गण्डकी ‘ए’ ले त्रिभुवन आर्मीलाई ५–१ को सेटमा पराजित गर्दै स्वर्ण पदक जित्यो । नेपाल पुलिसले कास्य पदक हासिल ग¥यो । 

स्ट्याण्डर्ड पुरुषतर्फ गण्डकी ए ले नेपाल पुलिसलाई ५–३ ले हराउँदै स्वर्ण हासिल गर्दा गण्डकी रजतमा सिमित भयो । एपीएफले कास्य पदक जित्यो । रिकर्भ महिला एकल तर्फ नेपाल पुलिसकी आइसा तामाङले त्रिभुवन आर्मी क्लबकी मित्र राईलाई ६–४ ले हराउँदै स्वर्ण जितिन् । 

आर्मीकी मन्जु बजगाईले कास्य जितिन् । रिकर्भ पुरुष एकल तर्फ नेपाल पुलिस क्लवका तिलक पुनले स्वर्ण जिते । उनले त्रिभुवन आर्मीको रोशन नगरकोटीलाई ६–२ सेटमा हराएका हुन् । नेपाल पुलिसका पवन सिरीषले कास्य पदक जिते । 

रिकर्भ मिक्स टीमतर्फ नेपाल पुलिसको तिलक पुन र आइसा तामाङको जोडीले त्रिभुवन आर्मीको रोशन नगरकोटी र मित्र राइको जोडीलाई ५–१ सेटमा हराएर स्वर्ण पदक जिते । 

गण्डकी ‘ए’ कास्यमा चित्त बुझायो । रिकर्भ पुरुष टीम तर्फ त्रिभुवन आर्मीले गण्डकी ‘ए’ लाई ६–२ को सेटमा हराउदै स्वर्ण जित्दा गण्डकी रजतमै चित्त बुझायो । गण्डकी ‘बी’ ले कास्य पदक हासिल ग¥यो । 

प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद गण्डकीको सहयोग र नेपाल आर्चरी संघको प्राविधिक सहयोग रहेको थियो ।

Scroll to Top