नवौं बुद्ध विशाल बजार व्यापारिक फुटसलको उपाधी अतिशको टिमलाई

santan ads

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराको नवौं अन्तर फुटसल प्रतियोगिताको उपाधी अतिशको टिमले जितेको छ ।

उपाधी जिते सङै अतिश गुरूङको टिमले नगद १८ हजार, द्वितीय सुशिल श्रेष्ठको टिमले नगद १२ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।  

गणेश कुवंरको टिम अनुशासित टिम घोषित  हुँदै नगद ५ हजार प्राप्त गर्यो । 

लिगको आधारमा खेलाइएको फुटसल प्रतियोगितामा ५ टिम सहभागी रहेको थियो । 

प्रतियोगिताको विजेता र उपविजेतालाई  कास्की जिल्ला खेलकुद समितिका अध्यक्ष मिलन गुरूङ, बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा उच्च स्तरीय समन्वय समितीका संयोजक केशवबहादुर खत्री,बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष ईन्द्रराज अर्याल, महासचिव राजु केसी, उपाध्यक्ष बुद्धि वहादुर कुवँर लगायतले पुरस्कार वितरण गरेका थिए ।

Scroll to Top