नयाँलिपिः राजावादी समूहले आज शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् ।
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा आज माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले जानकारी दिए ।
राजावादी समूहले बिहीबारदेखि राजसंस्था, हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग राख्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेको छ ।
सो समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी सङ्घ सङ्घठन छन् ।