युवा संघमा फेरि थेबे, १ सय ८८ मतान्तरको जीत

santan ads

नयाँलिपिः नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौ महाधिवेशनबाट क्षितिज थेबेले पुनः अध्यक्षमा जित हात पारेका छन् ।

भर्खरै प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । यससँगै थेबेको प्यानलै विजयी भएको छ ।

थेबेले ७९७ ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी सुमन पुरीले ६०८ मत ल्याएका छन् ।

मत परिणामको औपचारिक घोषणा भने हुन बाँकी छ ।

Scroll to Top