‘कार्यपालिका सदस्यहरुले निष्पक्ष भूमिका निर्वाह गर्नुहोस्’ –मुम पाण्डे

santan ads

नयाँलिपिः गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित समविकास तालिम आजदेखि सुरु भएको छ ।

गण्डकी प्रदेश भित्रका स्थानीय तहका महिला कार्यपालिका सदस्यहरु सहभागी तालिम २ दिनसम्म चल्ने आयोजक प्रतिष्ठानले जनाएको छ ।

तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिलाहरुमा समान अवसरको सुनिश्चितता हुनुपर्ने बताएका छन् ।

समावेशिता, समान बितरण, सशक्तिकरणमा सबै बर्ग, समुदाय, क्षेत्र लिङ्गबीच समान अवसर, पहुँच र सहभागिता सुनिश्चित गराउने उद्देश्यले गण्डकी प्रदेश सरकारले प्रशिक्षण प्रतिष्ठान मार्फत समविकास तालिम आयोजना गरेको मुख्यमन्त्री पाण्डेले जनाए ।

स्थानीय सरकारको सफल कार्यान्वयनमा महिला नेतृत्वको भूमिका निर्णायक रहेको बताउँदै पाण्डेले सहभागी सदस्यलाई जनप्रतिनिधिकारुपमा निष्पक्ष भूमिका निर्वाह गर्न समेत अनुरोध गरे ।

Scroll to Top