सर्वाेच्चमा रवि लामिछानेको रिटमा सुनुवाई हुँदै

santan ads

नयाँलिपिः सर्वोच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटउपर सुनुवाइ हुँदैछ ।

सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिटमा सुनुवाइ हुने भएको हो ।

लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा उच्च अदालत बुटवलको आदेशमा हाल भैरहवा कारागारमा पुर्पक्षका लागि थुनामा छन् ।

यसअघि पाँचपटकसम्म हेर्न नमिल्नेमा परेपछि आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा राख्ने व्यवस्था गर्न आदेश भएको थियो । सोही अनुरुप उनको निवेदन प्रधानन्यायाधीशको इजलासमा परेको हो ।

Scroll to Top