बेरुजुतर्फ कास्कीका पालिकामा माछापुच्छ्रे ‘असल’, मादी ‘खराब’

नयाँलिपिः कास्कीअन्तरगतका ४ पालिकामध्ये माछापुच्छ्रेको बेरुजु कम देखिएको छ ।

महालेखापरीक्षकको कार्यालयले हालै जारी गरेको आर्थिक वर्ष ०८०/८१ को प्रतिवेदन अनुसार माछापुच्छ्रे अन्य पालिकाभन्दा आर्थिक अनुशासनमा अब्बल देखिएको हो ।

प्रतिवेदन अनुसार माछापुच्छ्रेको १ अर्ब ५२ करोड ६६ लाख रुपैयाँको लेखा परीक्षणमा ३६ लाख ६२ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ ।

उक्त बेरुजु कुल परीक्षण अंकको शून्य दशमलव २४ प्रतिशत हो ।

पालिकामा सबै भन्दा बढी बेरुजु मादीको छ ।

मादीमा १ अर्ब २ करोड ७३ लाख रुपैयाँको लेखा परीक्षण हुँदा २ करोड ४१ लाख रुपैयाँ बेरुजु देखिएको महालेखाको प्रतिबेदनमा उल्लेख छ ।

उल्लेखित बेरुजुलाई २.३५ प्रतिशत मानिएको छ । जुन पालिकामध्ये सबैभन्दा खराब हो ।

दोस्रोमा रुपा गाउँपालिका रहेको छ । जसको बेरुजु पनि १ प्रतिशत भन्दा कम छ ।

रुपामा ७६ करोड ८ लाख रुपैयाँको लेखा परीक्षण हुँदा ५० लाख रुपैयाँ बेरुजु देखिएको छ । जुन लेखा परीक्षण अंकको ०.६६ प्रतिशत हो ।

अन्नपूर्ण गाउँपालिकाको बेरुजु १.४६ प्रतिशत छ ।

अन्नपूर्णमा १ अर्ब ५० करोड ४६ लाख रुपैयाँको लेखा परीक्षण हुँदा २ करोड १८ लाख रुपैयाँ बेरुजु देखिएको छ ।

Exit mobile version