नयाँलिपिः लोकप्रिय ब्राण्ड यामाहाले पोखरामा आगामी २६ गतेसम्म ‘ब्लु फेस्ट एक्सचेंज अफर’ ल्याएको छ ।
पोखरा सभागृहमा आयोजित फेस्टमा यामाहाको कुनैपनि मोटरसाइकल वा स्कुटर एक्सचेन्जमा ५० हजार रुपैयाँको न्यूनतम मूल्यांकन हुने आधिकारिक बिक्रेता भीएडब्लु इन्टरप्राइजेजले जनाएको छ ।
त्यस्तै, अन्य ब्राण्डका मोटसाइकल वा स्कुटरमा २५ हजार न्यूनतम मुल्यांकन गरिनेछ भने अतिरिक्त १० हजार रुपैयाँ बोनससमेत घोषणा गरिएको छ ।
नयाँ मोटरसाइकल खरिदमा स्क्र्याच कुपनको व्यवस्था गरिएको छ । त्यस्तै, खरिदकर्तालाई ७.९९ प्रतिशत ब्याजमा फाइनान्सको सुविधा राखिएको छ ।
नेपालको सडकलाई सुहाउँदो मानिएको ब्राण्ड यामाहाका मोटरसाइकल र स्कुटर दुबै निकै रुचाइएको र लोकप्रिय साधन हो ।
फेस्टले दुइपांग्रे साधन प्रेमीहरुलाइ एकै छानामुनी सम्पूर्ण सेवा, सुविधा उपलब्ध गराएको इन्टरप्राइजेजले जनाएको छ ।