दिपक के श्रेष्ठः क्रिकेट एशोसियशन अफ नेपाल (क्यान)ले कुशल मल्ललाई हटाएर २५ सदस्यीय टोली घोषणा गरेको छ ।
करिब १ दशक राष्ट्रिय टोलीमा रहेका मल्ल शनिबार भएको कोर क्याम्पको पाँचौ दिनमा हटाइएका हुन् ।
घोषणा गरिएको २५ जनामा युवराज खत्री, किरण ठगुन्ना, शुभ कंसाकार, नन्दन यादव, भीम सार्कीलगायत रहेका छन् ।
त्यस्तै, रिजन ढकाल, आकाश चन्द र रुपेशकुमार सिंह पनि टीममा समेटिएका छन् ।
