नयाँलिपिः नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।
नेपाल विद्यालय कर्मचारी परिषदले जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने जनाउँदै सरकारले शिक्षकहरुसँग गरेको सम्झौतालाई ‘धोका’ भनेको छ ।
उक्त सम्झौतामा शिक्षकहरुको माग सम्बोधन गर्ने भनिएपनि उस्तै समस्यामा रहेका कर्मचारीलाई नजरअन्दाज गरिएको परिषद्ले उल्लेख गरेको छ ।
सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा १२ को परीक्षा अवधिबारे कालो पट्टी बाँधेर विद्यालयको नियमित काममा सहभागी हुने भएका छन् ।
परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासविच शान्तिनाथ योगीले विज्ञप्ती जारी गर्दै सरकारसमक्ष ७ बुँदे मागसमेत राखेका छन् । उल्लेखित मागहरु शिक्षकसँग मिल्दोजुल्दो पाइएको छ ।

- फाइल तस्बिर