भोलीदेखि सामुदायिक विद्यालय र भर्ना खुल्ने

santan ads

नयाँलिपिः आन्दोलनरत शिक्षक र सरकाबीच सहमति भएसँगै भोलिदेखि सामुदायिक विद्यालय खुल्ने भएका छन् ।

सहमतिमा भएको प्रतिबद्धतानुसार भोलिदेखि देशभरका सामुदायिक विद्यालय नियमित रूपमा सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी उप–सचिव नीलकण्ठ ढकालले बताएका छन् ।

यो वर्षको भर्ना अभियान वैशाख २ गतेदेखि गर्ने भनेर सबै पालिका र विद्यालयमा परिपत्र भएको थियो । तर दुई हप्ते भर्ना अभियानको समय विद्यालय बन्द भएरै सकिएको छ ।

त्यसैले अब भर्ना अभियान, पुस्तक वितरण र पढाइ सँगसँगै अघि बढाउने तयारी रहेको उपसचिव ढकालले जानकारी दिए ।

उनका अनुसार यही बीचमा घरदैलो कार्यक्रमसमेत गरेर छुटेका विद्यार्थीहरूलाई विद्यालय ल्याउन पहल गर्ने गरी शिक्षकबाट प्रतिबद्धता आएको छ ।

सरकारसँगको सम्झौतासँगै चैत २० गतेदेखि काठमाण्डौमा भेला भएका शिक्षकहरू फर्किन थालेका छन् ।

अब एसईईको उत्तरपुस्तिका परीक्षण पनि शुरू हुने र सकेसम्म तोकिएको समयमै नतिजा प्रकाशन गर्ने प्रयास रहने ढकालको भनाई छ ।

Scroll to Top