पोखरा । लिभरपुलले जारी सिजनको इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ।
आइतबार घरेलु मैदानमा टोटनहममाथि ५–१ को रवाफिलो जित निकालेपछि लिभरपुलले चार खेल अगावै उपाधि सुनिश्चित गरेको हो। लिभरपुलका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सलाहले समान एकएक गोल गरे। टोटनहमले एक गोल आत्मघाती गोल बेहोर्यो।
लिभरपुलले कीर्तिमान २०औं पटक इंग्लिस प्रिमियर लिग च्याम्पियन भएको छ । यससँगै उपाधिमा प्रतिद्वन्द्वी कीर्तिमान म्यानचेस्टर युनाइटेडसँग बराबरी गरेको हो ।