इंग्लिस प्रिमियम लिग : लिभरपुलको विजयी

इंग्लिस प्रिमियर लिगको शनिबार भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले बोर्नेमाउथलाई २–० ले पराजित गर्दे विजयी भएको हो ।

जितसँगै लिभरपुलको २३ खेलबाट ५६ अंक पुगेको छ। दोस्रो स्थानको आर्सनलभन्दा ९ अंक बढी हो। समान खेल खेलेको आर्सनल र नटिंघम फरेस्टको समान ४७ अंक छ ।

लिभरपुलका लागि मोहम्मद सलाहको दुई गोल गरेका थिए। उनकै २ गोलले लिभरपुलले अंक जोडन सफल भयो । सलाहले ३०औं र ७५औं मिनेटमा गोल गरेका हुन । बोर्नेमाउथ भने एक खेल बढी खेल्दै ४० अंकसहित सातौं स्थानमा छ ।

नोटिङहामको फराकिलो जित
शनिबार राति नै भएको अर्को खेलमा नोटिङहाम फरेस्टले फराकिलो जित निकालेको छ । नोटिङहामले ब्राइटनलाई ७-० ले हराएको हो ।

घरेलु मैदानमै आएको जितमा क्रिस वूडले ह्‍याट्रिक गर्दा मोर्गान गिब्स ह्‍वाइट, नेको विलियम्स र जोटा सिल्भाले १-१ गोल गरे । एक गोल लेविस डन्कको नाममा आत्मघाती रह्‍यो ।

Scroll to Top