नेपाल सुपर लिग : ललितपुर  सिटी च्याम्पियन

ललितपुर  सिटी  एफसी नेपाल सुपर लिग (एनएसएल) को  च्याम्पियन बनेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको फाइनलमा ललितपुरले पोखरालाई २-१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि उचालेको हो। उपाधिसँगै ललितपुरले ८० लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेता बनेको पोखराले ३० लाख रुपैयाँ प्राप्त गर्‍यो।

पहिलो हाफको ४१ औँ मिनेटमा मनोज राइको क्रसमा इमोन इजिकेको हेडर गोलमा ललितपुरले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ६२ औँ मिनेटमा सुदील राइको गोलमा पोखरा खेलमा फर्किएको थियो। पदम भट्टराइको क्रसमा स्टेफन समिर विनोङको हेरड प्रहार ललितपुरका गोलरक्षकले पन्च गर्दै जोगाएपनि त्यसकै रिवाउण्डमा सुदिल राइको गोलमा पोखराले बराबरी गोल फर्काएको थियो। 

खेलको ७४ औँ मिनेटमा पापा इबो केबेको गोलमा ललितपुरले पोखराविरुद्ध २-१ ले अग्रता बनाएको थियो। इमोह इजेकिलेको प्रहारलाई नियन्त्रणमा लिदै पापा इबो केबेले पोष्टको जाली चुमाएपछि ललितपुरले पोखराविरुद्ध पुनः अग्रता बनाएको थियो। 

Exit mobile version