रजक र महर्जनको परिवारलाई १० लाख दिने निर्णय

santan ads

नयाँलिपिः रकारले राजावादी समूहको आन्दोलनका क्रममा काठमाडौंको तीनकुनेमा भएको घटनामा परेर ज्यान गुमाउनेको परिवारलाई दश लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमवारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन् ।

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा परी एभिन्यूज खबरकर्मी सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको निधन भएको थियो ।

सरकारले उनीहरुका परिवारको नजिकको हकदारलाई प्रति परिवार दश लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

रजकको तीनकुनेमा आन्दोलनकारीले एउटा घरमा आगो लगाउँदा घरभित्र दृश्य खिचिरहेका अवस्थामा जलेर निधन भएको थियो भने महर्जनको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

Scroll to Top