नयाँलिपिः पोखरामा आयोजित गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा छुट्टै इतिहास रच्ने गण्डकी प्रदेश सभासद् विन्दु पौडेलले दाबी गरेकी छिन् ।
सोमबार महायज्ञमा प्रमुख अतिथीकोरुपमा उपस्थित सभासद् पौडेलले धेरै पछि देशमा यस प्रकारको व्यबस्थित कार्यक्रम सञ्चालन भएको बताएकी छन् । साथै उनले गण्डकी कोटिहोम महायज्ञले नेपालको धार्मिक इतिहासमा इतिहास रच्ने निश्चित रहेको बताएकी छन् ।
कार्यक्रममा कोटिहोम महायज्ञको शुभकामना प्रदान गर्दै गर्दा उनले भनिन्–“नेपालमा कसैले आट्न नसकेको कोटिहोम महायज्ञ हाम्रो पोखरामा सञ्चालन भएको छ । यो अत्यन्तै गर्वको कुरा हो । यसले नेपालको धार्मिक क्षेत्रमा इतिहास बनाउछ नै यसको साथै पोखराका गरिमा पनि थप बलियो हुने छ ।”