नयाँलिपिः पोखरा महानगरपालिका १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा हाल सञ्चालित श्रीमद्भागवत कथा प्रवचनको कार्य गत चैत्र २९ गतेबाट सुरु भएको छ ।
बाल विदुषी अनुराधा पाण्डेयले विगत ६ दिन देखी संगितमय श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी छिन् । यसैविच उनको कथा प्रवचन शुक्रबार समापन हुने र उनको बिदाई गर्ने कार्यक्रम रहेको छ ।
अनुराधापछि कथा वाचिका देवी प्रतिभालाई दिउँसो २ बजे पोखराको बिरौटामा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
देवी प्रतिभाजीको स्वागतार्थ पोखरावासीलाई सहभागी भइदिन आयोजकको आग्रह छ ।