अन्नपूर्ण ट्रेकिङमा हराएको चिनियाँको शव मादी किनारमा भेटियो

नयाँलिपिः अन्नपूर्ण आधार शिविर (एबीसी) क्षेत्रतर्फको ट्रेकिङ मार्गमा हराएका चिनियाँ नागरिकको शव ८ दिनपछि फेला परेको छ।

मादी नदी किनार नजिक शव भेटिएको सशस्त्र प्रहरी बल नेपाल कालिका गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

चैत ११ गते अन्दाजी १२:३० बजे अन्नपूर्ण गाउँपालिका-११, देउरालीस्थित चुम्रुङ क्षेत्रमा आएको हिमपहिरोका कारण इचेङ युयान नामका २८ वर्षीय चिनियाँ नागरिक सम्पर्कविहीन भएका थिए। उ

नी अन्नपूर्ण बेस क्याम्पबाट घान्द्रुकतर्फ फर्कँदै गर्दा बेपत्ता भएका थिए।

उनको खोजीमा नेपाल प्रहरीको साथै कालिका गणका सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमान्डमा विपद् व्यवस्थापन टोली खटिएको थियो ।

बेपत्ताका आफन्त र चिनिया राजदूतावासका कर्मचारी पनि घटनास्थल पुगेको थिए ।

Exit mobile version