पोखरा । पोखरामा हिजो (बिहिबार) बाट सुरु भएको क्रिकेट अम्पायर तथा स्कोरर दुई दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा भएको दुई दिने तालिममा कास्कीका महिला तथा पुरुष गरि २५ जनाले भाग लिएका थिए ।
उक्त कार्यशाला गोष्ठिमा अन्तरास्ट्रिय अम्पायर संजय कान्त सिग्देल, राष्ट्रिय अम्यायर भोजराज बराल र अन्तरास्ट्रिय स्कोरर आशिष बरालले प्रशिक्षण दिएका थिए ।
सो अवसरमा बोल्दै संघका अध्यक्ष संजय कान्त सिग्देलले कार्यशालाले यूवा अम्याएर तथा स्कोररका लागि जनशक्ति उत्पादनका महत्वपूर्ण भूमिका खेलेको बताउँदै महिला अम्पायरहरुको सम्भावना अथाह रहेको र एन पि एल सफलता पछी अम्पायर र स्कोररहरुको पनि भबिस्य उज्ज्वल रहेकोले यस प्रकारका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।
प्रमुख अतिथी बसन्त राज पराजुलीले एमसिसिको प्रोजेक्टले रचना चौधरी जस्ता प्रतिभाबान खेलाडीको खोजी भएको र खेलाडी सङ्सङै प्राविधिकहरुपनि प्रोजेक्टको महत्त्वपूर्ण अंग रहेकाले दक्ष प्राबिधिक निर्माणमा भबिस्यमा संघ संग सहकार्य गरि थप कार्यक्रमहरु गर्ने बिश्वास व्यक्त गरे ।
समापन कार्यक्रममा मा सहभागीहरुको तर्फबाट शंकर शाह र चन्द्रमाया बरालले बोलेका थिए ।
एमसिसिको च्यारिटी संस्था किडाशा फाउन्डेशनको सहयोगमा सम्पन्न कार्यशालाको संयोजन पोखरा क्रिकेट एकेडेमीले गरेको थियो भने खेलकुद परिषद गण्डकी र प्रादेशिक क्रिकेट संघ गण्डकीको प्राविधिक सहयोग रहेको थियो ।
प्रदेश खेलकुद परिषद गण्डकीका महाशाखा प्रमुख रामप्रसाद शर्माले उदघाटन गर्दे सुरु भएको कार्यक्रम पोखरा क्रीकेट एकेडेमीका अध्यक्ष बोबिन कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।
