पत्रकार सुरेश रजकको हत्याविरुद्ध कास्की पत्रकारको प्रदर्शन

नयाँलिपिः शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभेन्युज खबर टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको हत्या र सञ्चार माध्यमहरुमाथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ कास्कीले शनिबार बिहान पोखराको शहिदचोकमा विरोध प्रदर्शन र शोकसभा गरेको छ ।

महासंघ कास्की परिसरबाट ¥यालीसहित शहिद चोक पुगेका कास्की पत्रकारहरुले रजकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घटनाको छानबीन गरी दोषिलाई कारवाहीको माग गरेका छन् ।

महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको सुनिश्चितता हुने भन्दै अराजक समूहबाट भएको हत्या, कुटपिटको भत्र्सना गरे ।

शोकसभामा लोकतन्त्र पक्षधर पत्रकार संगठनका प्रतिनिधिले मृतक रजकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

सभामा सहभागीले प्रेस स्वतन्त्रताको पक्षमा प्लाकार्डसहित प्रदर्शन गरेका छन् ।

Exit mobile version