आशिष गुरुङ चम्कदा एलजीलाई ‘चौथो शितलज्योतिकप’ को उपाधि

पोखरा । पोखरा रंगशालामा शनिबार सम्पन्न भएको चौथो शितलज्योतिकपको उपाधि एलजी एशोसिएनले उचालेको छ ।

एलजी एसोशिएसनले साहारा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दे उपाधि उचालेको हो । एलजीलाई जित दिलाउने क्रममा आशिष गुरुङले ह्याट्रिक गरे । उनी फाइनल खेलमा म्यान अफ दि म्याच घोषित भए । उनले खेलको ३८ औं ,५०औं र ५६ औ मिनेटमा गोल गरेका हुन ।

पहिलो हाफको २८ औं मिनेटमा वर्षाका कारण केहि समय खेल रोकिए पछि पुनःसंचालन आएको ७ औं मिनेटमा साहाराका सुमन श्रेष्ठले गोल गर्दे टीमलाई अग्रता दिलाएका थियो । तर त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ८१ औं मिनेटमा एलजीका सिद्धार्थ रंन्जितले अर्को गोल थप्दै जित पक्का गर्यो ।

जित सँगै उपाधि विजेता एलजी एसोसिएसनले नगद २ लाखसहित शिल्ड मेडल,र प्रमाणपत्र प्राप्त गरेको छ भने उप–विजेता साहारा क्लबले नगद १ लाखसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगितामा एलजीका हेमन्त तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले माउन्टेन बाइक प्राप्त गर्यो ।
त्यस्तै सर्वाधिक गोलकर्ता नाकोड्सका सोबित भण्डारी,उत्कृष्ट गोलरक्षक एलजीकै आकाश रानाभाट,उत्कृष्ट डिफेन्डर साहाराका संगित छन्तयाल,उत्कृष्ट मिडफिल्डरमा साहाराका सुसिल लामा र उत्कृष्ट प्रशिक्षकमा एलजीका ओम गुरुङ घोषित भए । उनीहरुले जनही ५/५ हजार प्राप्त गरे ।

विजेताहरुलाई पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोला,कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रञ्जित,शितलज्योति युवा क्लबका अध्यक्ष नर प्रसाद गुरुङ,समाजसेवि टिका बहादुर कार्की,शान्त कुमार श्रेष्ठ,शितलदेवि टोल विकास संस्थाका अध्यक्ष शुसिला श्रेष्ठ,पोखरा १२ का वडा सदस्य शान्ति कोइराला,शान्त बहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।

Exit mobile version