ऋषिङ प्रहरी चौकीमा कार्यरत हवल्दार मृत फेला

पोखरा । तनहुँमा प्रहरी हवल्दार मृत फेला परेका छन् । ऋषिङ प्रहरी चौकीमा कार्यरत ओमबहादुर विक मृत फेला परेका हुन् ।

चौकी नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बिहान ५ बजे उनलाई मृत फेला पारिएको हो । रुपन्देही घर भएका उनी कार्तिकदेखि ऋषिङमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार ओमबहादुर डिप्रेसनका बिरामी थिए ।

उनको परिवारलाई रुपन्देहीबाट बोलाइएको छ । परिवार आएपछि शवलाई पोस्टमार्टम गर्न प्रदेश अस्पताल दमौली लगिनेछ ।

Exit mobile version