नयाँलिपिः नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकी प्रदेश समितिको तेस्रो महाधिवेशनले खिमा गुरुङको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चुनेको छ।
बुधबार भएको प्रादेशिक महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
उपाध्यक्षमा (खुला) धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष महिलामा शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापामगर (कास्की), सचिव खुलामा दिलप्रसाद गुरुङ (कास्की), सचिव महिलामा कला राना (स्याङ्जा) र कोषाध्यक्षमा सुमन थापामगर (कास्की) चयन भएका छन् ।
कार्यसमिति सदस्यहरुमा यमबहादुर सोनै मगर (नवलपुर), खडकबहादुर आले (तनहुँ), मनबहादुर गुरुङ (कास्की), चेतबहादुर थापा (कास्की), चन्द्रकुमारी महतो (नवलपुर), पुनम थापामगर (कास्की), कृष्ण श्रेष्ठ (कास्की) र कविता घर्तीमगर (कास्की) रहेका छन् ।
प्रदेश महाधिवेशनबाट सङ्घीय प्रतिनिधिमा रुद्र श्रीषमगर, रत्ना गुरुङ, यामबहादुर थापामगर र अर्जुन गाहा (सुशान्त)लाई चयन गरेको छ।
फोनिजमा देशभर ४ हजार बढी पत्रकार आबद्ध छन् ।