दिपक के श्रेष्ठः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज कास्की जिल्ला अदालतमा आगामी तारेखको मिति बुझेका छन् ।
तारेखको मिति वैशाखको १९ गते रहेको जनाइएको छ।
अपरान्ह कास्की अदालतमा तारेख बुझेलगत्तै लामिछाने विमानमार्फत रुपन्देहीतर्फ लागेको बताइएको छ ।
रुपन्देहीमा लामिछानेले भोली अदालतमा तारेख बुझ्नेछन् ।
रुपन्देही जिल्ला अदालतमा रवि माघ ९ गते उपस्थित भएका थिए । उनलाई माघ १३ गते १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सोही साँझ रिहा भएका थिए ।
यता, सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी पुस २५ गतै ६५ लाख धरौटीमा रिहा भएका थिए ।
काठमाडौं र चितवन अदालतबाट पनि उनी धरौटीमा रिहा भएका छन् भने पर्सामा अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।
रास्वपाले भने लामिछानेलाई राज्यले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाइरहेको छ ।