स्पेनिस ला लिगा : बार्सिलोनाको फराकिलो  जित 

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले फराकिलो जित निकालेको छ । 

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडलाई ४-० गोल अन्तरले परजित गर्दै फराकिलो जित निकालेको हो ।

बार्सिलोनाको जित मा जेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउजो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए ।

खेलको १७औ मिनेटमा आरिट एलुसटोन्डोले रातो कार्ड पाएपछि रियल सोसियडाड १० खेलाडीमा सिमित भएको थियो । 

यो जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २६ खेलमा ५७ अंक भएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको एटलेटिको म्याड्रिडको २६ खेलमा ५६ अंक रहेको छ भने तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको २६ खेलमा ५४ अंक रहेको छ ।

त्यसैगरी रियल सोसियडाडको २६ खेलमा ३४ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।

Scroll to Top