डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर युनाइटेड आईतबार बिहान भएको खेल पछि एफएकपबाट बाहिरिएको छ।
पाँचौं चरणको खेलमा फुलहमले युनाइटेडलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दा म्यानयु आउट भएको हो ।
निर्धारित समयको खेल १–१ को बराबरी भए पछि खेल ट्राईब्रेकरमा धकेलिएको हो ।
ओल्ड ट्रायफोर्डमा भएको यस संघर्षमा फुलहमका गोलरक्षक बर्न लेनो नायक बने।
उनले युनाइटेडका दुई पेनाल्टी बचाएर आफ्नो टोलीलाई जित दिलाए। लय गुमाउँदा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर युनाइटेड पाँचौं चरणको खेल बाटै बाहिरिनु पर्यो । यसअघि अर्को खेलमा ब्राइटनले न्युकासल युनाइटेडलाई २–१ ले हरायो।
अब प्रतियोगिताको अन्तिम आठको समीकरण पनि पूरा भएको छ। यसअनुसार अब फुलहमले क्रिस्टल प्यालेससँग खेल्ने छ। प्रेस्टनले एस्टन भिल्ला, बर्नमाउथले म्यानचेस्टर सिटी र ब्राइटनले नटिङघम फरेस्ट वा इपस्विच टाउनको सामना गर्नेछन्।







